१३ बैशाख २०८१, बिहीबार

चितवनमा दुई गैँडा मृत फेला

Dead rhino
फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उहाँले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताउनुभयो ।

यसै गरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो ।

ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुवै प्राकृतिक कारणले मरेको बताउनुभयो ।

गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो वर्ष प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।