१५ चैत्र २०८०, बिहीबार

आजदेखि कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

johnson1614586710

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ।

एक पटक मात्रै लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समुहका लाई लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ।

आज देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो ।