१४ बैशाख २०८१, शुक्रबार

आज प्रधानमन्त्री देउवाले खोप अभियानको स्थलगत अनुगमन गर्ने

RoS KTM PMDeubad
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्नुहुने भएको छ ।

अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रको अनुगमन गर्नुहुने भएको हो ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।