१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

Sher Bahadur Deuba Narendra Modi

संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मतदानमा २४९ उपस्थित हुनु भएको थियो । मतदानमा उनको पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत परेको थियो । साथै एक संसद तटस्थ रहेए। प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएका हुन्।