
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।
नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो । एमालेकै माधव नेपाल पक्षका केही सांसदहरु भने आज अनुपस्थित रहेका थिए ।
राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।