११ बैशाख २०८१, मंगलवार

अन्तत: ओली र देउवाले संसदमा मिलाए हात (भिडियो सहित)

nepal parliament building

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधिसभामा जम्काभेट भएको हो ।

विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासंग हात मिलाएरै बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमा मतदान हुनुअघि निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओली संसद वैठकमा प्रवेश गरेका थिए । त्यस क्रममा ओलीले देउवासँग हात मिलाएका थिए ।

deuwa oli handshake

विश्वासको मत माग्ने क्रममा देउवाले प्रतिपक्षी दलका नेतालाई संसदमा नदेख्दा आफूलाई अप्ठेरो लागेको बताएका थिए । संसद भवनमै आएर पनि वैठकस्थलमा प्रवेश नगरेका ओली मतदानअघि मात्र वैठकस्थलमा आएका हुन् ।

बैठकमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवा बसेकै स्थानमा पुगेर बधाई दिएका हुन् । प्रारम्भमा देउवाले हात मिलाउन खोजेपनि स्वास्थ्य मापदण्डका कारण हात फिर्ता गरेका थिए । लगत्तै ओली आफैले हात अगाडि बढाएपछि देउवाले पनि हात मिलाए ।