१३ बैशाख २०८१, बिहीबार

एमालेका ८ सांसदको मत देउवालाई आवश्यक

deuba nepal BB6lyANHLY

प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

सर्वोच्च अदालतको फैसल्ला पछि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवालाई विश्वासका मतका लागि संसदमा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । कांग्रेस र माओवादीसँग १ सय १० सांसद हुनुहुन्छ । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गर्नुभएको थियो अहिले यो सङ्ख्या बढेर १७ पुगेको बताइन्छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै हुनुहुन्छ । त्यो अवस्थामा अझै प्रधानमन्त्री देउवालाई थप ८ सांसद आवश्यक पर्ने देखिन्छ । नेकपा एमालेको माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु भएको थियो । त्यही हस्ताक्षरका कारण संसद् पुनर्स्थापना भई देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपनि उहाँको पक्षमा उक्त समूहले मतदान गर्ला नगर्ला टुङ्गो लागिसकेको छैन ।