८ बैशाख २०८१, शनिबार

निर्णय गर्नैपर्दैन हामी देउवालाई मत दिन्छौँः माधव नेपाल समूह

madhav nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुले शेरबहादुर देउवालाई मत दिने स्पष्ट पारेका छन् । उनीहरुले यसबारेमा पार्टीले निर्णय गर्नैनपर्ने बताएका छन् ।

सो समूहमा रहेका एकजना सांसद मेटमणि चौधरीले भने, “हामीले प्रधानमन्त्रीलाई मत दिन्छौँ । यसमा कुनै निर्णय गर्नुपर्ने आवश्यकता पर्दैन ।”जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहमा पुगेका महन्थ ठाकुर पक्षका सांसदले पक्षमा मतदान गरेमा नेपाल समूहमा रहेका कम्तिमा ८ सांसदले मत दिए पनि देउवाको पक्षमा बहुमत पुग्ने अनुमान कांग्रेसले गरेको छ ।

नेपाल समूहका २३ सांसद सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।
सो समूहका केही सांसदले भने देउवालाई मत दिन नहुने बताउँदै आएका छन् ।