१३ बैशाख २०८१, बिहीबार

यात्रुको चाप बढेपछि काठमाडौँ जान दुई दिनसम्म कुर्नुपर्ने बाध्यता

Simara bimashatal

बाराको सिमरा विमानस्थलमा यात्रुको चाप बढेपछि हवाई मार्ग हुँदै काठमाडौँ जान दुई दिनसम्म कुर्नुपर्ने बाध्यता सर्बसाधारणलाई आएको छ ।

सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएपछि सार्वजनिक यातायातको भाडा विमानको भाडाकै हाराहारीमा पुगेको छ ।

हाल सिमरा–काठमाडौँ हवाई मार्गको भाडा २ हजार ८ सय ५० रहेको छ भने सिमराबाट काठमाडौँ जाने टाटा सुमो तथा यात्रुवाहक बसको भाडा २ हजारदेखि २ हजार २ सयसम्म रहेको छ ।