१४ बैशाख २०८१, शुक्रबार

भैंसीगोठमा बस्न आमा गइन्, बाले मुख थुनेर बलात्कार गरे

Rape 2

बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफ्नै छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको छ । १४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० हजार नगद जरिवाना तोकेको छ ।

जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जवरजस्तीकरणी र हाडनाताकरणी अन्तर्गत मुद्दा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको हो ।

१४ बर्षिया छोरीको पेटमा बच्चा बसेको थाहा भएपछि बुबाबाटै बलात्कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । कक्षा ६ मा पढ्दै गरेकी उक्त बालिकालेको भनाई अनुसार आमा गाईभैसी लिएर गोठमा बस्न गरेकी थिइन्, त्यहि बेला बुबाले बलात्कार गरे ।

अरु कसैलाई भनेमा मारिदिन्छु भनेपछि कसैलाई भन्न नसकेको बालिका बताउछिन् । बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचका लागि गएकी थिईन् । स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । ति बालिकाको पेटमा रहेको बच्चा भने गर्भपतन गराईसकेको पारिवारिक स्रोतले बताएको छ ।