१६ चैत्र २०८०, शुक्रबार

’खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ’

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसंग मिल्दोजुल्दो रहेको आरोप लगाएका छन् । उनले सामाजिक संजालमार्फत यस्तो भनेका हुन् ।

खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेको जस्तै ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी गरेको भट्टराईले बताएका छन् ।

उनले भनेका छन्,’खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ आफु कुर्सीमा नरहे आकाशै खस्छ!भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!’