१४ बैशाख २०८१, शुक्रबार

सरकारी निवासमा बालुवाटार प्रधानमन्त्री देउवाले गरे प्रवेश

deuba baluwatar prabesh

बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवेश गरेका छन् ।प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।