१४ बैशाख २०८१, शुक्रबार

भारत फरार भएका सिद्धबाबाद्वारा आत्मसमर्पण, झुम्का कारागार चलान

siddha baba

बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

गिरीले जिल्ला अदालत सुनसरीमा पुगेर मंगलवार आत्मसमर्पण गरेका हुन् । जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपनि उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

सोही आदेशपछि पक्राउ पर्ने डरले सिद्धबाबा अदालतमा हाजिर भएका हुन् ।

अदालतमा आत्मसमर्पणपछि उनलाई झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्माले जानकारी दिए ।

उहाँ अदालतमा उपस्थित हुनुभएको रहेछ, त्यहाँबाट पक्राउ गरी उहाँलाई झुम्का कारागार चलान गरिएको छ, डीएसपी शर्माले भने ।

उच्च अदालतले गत माघ ९ गते  पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी भारत फरार भएका थिए । उनलाई अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला अदालत, सुनसरीले १६ मंसिरमा उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो ।