१६ चैत्र २०८०, शुक्रबार

एघार महिनामा एक हजारले गरे गर्भपतन

aboration
सांकेतिक तस्विर

डोटी जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।

कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ । जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।

सदरमुकाम चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० ले सुरक्षित गर्भपतन गराएको जनाइएको छ ।

विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

जिल्लामा वर्षा शुरु भई विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम बढेकाले बच्नका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले यहाँका दुई स्थानीय तहमा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहजीकरण तथा पश्चिम विपद् पूर्वतयारी परियोजनाले शिखर नगरपालिका तथा पूर्वी चौकी गाउँपालिकामा मात्रै रु १९ लाख बराबरका विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो ।

जिल्लामा परियोजनाको सहजीकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायु उत्थानशील समितिलाई क्रमशः उक्त सामग्री वितरण गरिने रेडक्रस शाखाले जनाएको छ । हस्तान्तरण गरिएका सामग्रीमा वर्षातमा आइपर्ने विभिन्न विपद्लाई समाधान गर्न आवश्यक पर्ने औजारलगायत व्यक्तिगत सुरक्षा सामग्री रहेका रेडक्रसका परियोजना फिल्ड कोडिनेटर रवीन ढकालले जानकारी दिए ।