१३ बैशाख २०८१, बिहीबार

लुम्बिनीमा सत्तापक्ष सांसदले नै गरे प्रदेशसभा बहिष्कार

lumbini pradesh sabha

लुम्बिनी प्रदेश सरकार फेरि विवादमा तानिएको छ ।

प्रदेशसभामा प्रस्तुत बजेटका विषयमा थप छलफल गर्न सत्तारुढ दलले मागेको समय दिन विपक्षी दल तयार नभएपछि सत्ता पक्षले नै सदन बहिष्कार गरेको छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटका विषयमा थप छलफल गर्न सभामुखलाई समय माग गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीमगरले विपक्षी गठबन्धनका नेताहरुलाई समय दिनसक्ने वा नसक्ने भनी आफ्नो धारणा राख्न समय दिएका थिए । तर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया तथा माओवादी सचेतक तुलाराम घर्तीले थप समय नदिने भन्दै आजै प्रकृयामा जान माग गरेपछि भाडभैलो मच्चिएको थियो ।

त्यसपश्चात सत्तारुढ दलका सबै सांसदले नै बहिस्कार गरी बाहिर निस्केका छन् । त्यसपछि सभामुखले आधाघन्टा सभा स्थगित गरेका छन् ।