१६ चैत्र २०८०, शुक्रबार

विश्वासको मत माग्न तयार छु, नपाए चुनाव: मुख्यमन्त्री पोखरेल

shankar pokhrel
फाइल फोटो

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिन आफू तयार रहेको बताएका छन् ।

प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न आग्रह गरेका हुन् ।

पोखरेलले भने– विश्वासको मत लिन म तयार छु । त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस् । अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो । मत लिँदा २ अनुसार नभए ३ मा जान्छ । ३ बनाउने अवस्था नआएकै राम्रो । त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ । त्यसमा मेरो रुचि छैन ।

उनले बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गरेका छन् । उनले भने – प्रतिपक्षी दल छलफलको लागि उत्साही देखिएको छैन । एकपटक छलफल गरौं ।