१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रसंघले पनि दियो प्रधानमन्त्री देउवालाई बधाई, तीन प्राथमिक विषयमा सरकारसँग काम गर्न इच्छुक

sher bahadur sara

संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिएको छ । राष्ट्रसंघको नेपाल कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले प्रधानमन्त्री देउवालाई बधाइ दिएकी हुन् ।

कोभिड–१९ महामारी, अल्पविकसित मुलुकबाट स्तरोन्नती र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग मिलेर काम गर्न राष्ट्रसंघ तयार रहेको समेत बधाइ सन्देशमा उल्लेख छ । प्रधानमन्त्री देउवालाई बेलायत, अमेरिका, युरोपेली युनियन लगायतका मुलुकले समेत बधाई दिएका छन् ।