७ बैशाख २०८१, शुक्रबार

माधवकुमार नेपालमाथि असुरक्षा बढेको भन्दै देउवा सरकारले सुरक्षाकर्मी बढायो, ओलीको सुरक्षा घट्यो

images 1

मंगलबार प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि सुरक्षा तैनाथ बढ्ने नै भयो । अहिले उहाँको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डिएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । यसअघि पनि देउवा प्रधानमन्त्री बन्नुहुँदा पनि उनी नै सुरक्षामा तैनाथ थिए भने अहिले पनि उनलाई प्रधानमन्त्री देउवाको सुरक्षाको जिम्मा दिइएको छ ।

सत्ताबाट बहिर्गमन भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा भने कटौँती गरिएको छ । प्रधानमन्त्री देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धानका ५ जना खटिनेछन् ।

यता, निर्वतमान प्रधानमन्त्री ओलीका ५ जना सशस्त्र प्रहरी र २ जना सुरक्षाकर्मी पाउने नियम भए पनि ओली सचिवालयले थप १५ जना सुरक्षाकर्मी माग गरेको भनिएको छ ।

यो त चलिआएको परम्परा नै हो । र, कुनै अनौँठो मान्नु पर्दैन । तर, देउवा प्रधानमन्त्री बन्नुहुँदा ओलीको सुरक्षाकर्मी घटाइएको छ भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । विपक्षी गठबन्धनमा लागेर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन उनको विशेष सक्रियता रहेको थियो । त्यसपछि ओलीनिकट समर्थकहरु नेपालप्रति आक्रोशित छन् ।

यहीँ अवस्थालाई मध्यनजर गरेर नेता नेपालमाथि असुरक्षा बढेको भन्दै उनको सुरक्षाका लागि देउवा सरकारले सुरक्षा बढाएको छ ।