५ जेष्ठ २०८१, शनिबार

सरकार झुक्दै, विपक्ष चढ्दै

Province No. 2

प्रदेश सभा २ को बैठक आइतवार फेरी विपक्षी दलहरुले अबरुद्ध गरेका छन् ।

अबण्डा राखिएको बजेटप्रति आपत्ती जनाउँदै विपक्षी दलहरु नेकपा एमाले र माओवादी केन्द्रले सदनलाई अबरोध गरेको हो । सभामुख सरोज यादवले बैठक सुरु गरेलगत्तै माओवादी र एमालेका सबै सभासद उठेर अवरुद्ध गरे । असार १ गते बजेट प्रस्तुत भै टेबुल गरिएको विधेयकहरुमाथिको छलफल विपक्षी सभासदहरुको अबरोधको कारण अगाडी बढन सकेको छैन् । हाल सदनमा विपक्षी रहेका नेकपा एमाले र माओवादी केन्द्रका सभासदहरुले संसदीय विकास कोषको रकम पाँच करोड पु¥याउनु पर्ने मागमा सरकार ५० लाख थपेर साढे तीन करोड पु¥याउने प्रतिबद्धता जनाएपछि दुई दिन सदन चलेको थियो । तर सरकार झुक्ने निक्र्यौल निकालेको विपक्षीले अब अबण्डा बजेटमा फेरी सरकारलाई घेर्ने प्रयास गरेकोछ ।सदन चलाउन सरकारले विगतमापनि विपक्षीहरुसित अनेक सहमति गरेको हो ।

सभासद सुन्दर बहादुर विश्वकर्माले अगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट मन्त्रीमुखि भएको आरोप लगाउँदै उनले भने, रातो कितावबजेट पुीस्तका) नभै कालो किताब ‘ ब्लैक बुक’ हो । ‘ प्रदेश सरकारको बजेट हेरेपछि जोकोहीलाई पनि लाज लाग्ने छ ’ उनले भने, ‘बजेट एउटा निर्वाचन क्षेत्र र नगरपालिकाको जस्तो मात्र छ ।’ यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले बजेट मन्त्रीमुखी भएको जनाउँदै आक्रोस पोखे । ‘अबण्डा रकम खल्ती भर्नलाई राखेको हो ।