२३ बैशाख २०८१, आईतवार

एक हजार ३५३ जनामा सङ्क्रमण , एक हजार ४३२ सङ्क्रमणमुक्त, २२ को मृत्यु

corona

पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ५३० जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ३६२ जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।