७ बैशाख २०८१, शुक्रबार

बाढीले बगाएको गाडी भेटियो, बेपत्ता ३ जनाको खोजी जारी

Badi Parbat 2 1

पर्वतको सुन्दरेखोलामा आएको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदीखोलाको बिच भंगालोमा भेटिएको छ ।

बाढीले बगाएको गाडी भेटिएपनि बेपत्ता भएका तीन जनाको भने अवस्था पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सुन्दरेखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डमा पर्ने पुलसहित गाडी बगाएको हो । बढीले बगाएको गाडी ५ सय मिटर तल भेटिएको छ ।

Badi Parbat 3 1

गाडीमा सवार लामा कन्स्ट्रक्सनका साइट इन्चार्ज राजाराम आचार्य र चालक ईन्द्र थारु र स्थानीय एक व्यक्ति बेपत्ता हुनुभएको छ । प्रत्यक्षदर्शीले तीन जना गाडीमा रहेको बताएका छन् । मोदीखोलामा भेटिएको गाडी निकाल्न सेनाको उद्धार टोली खटिएको छ ।

बाढीले स्थानीय विश्व श्रेष्ठ, सकुन्तला क्षेत्री, सीमा परियार र लक्ष्मी पोखरेलको घर बगाएको छ भने अन्य दर्जन बढी घरमा आंशिक क्षति भएको छ । मध्यपहाडी लोकमार्ग पुलसहित भत्किएपछि यातायात सेवा अवरुद्ध भएको छ । दोबिल्ला– फलेवास सडक खण्ड पनि पूर्ण रुपमा बन्द भएको छ । बाढीले यूनाईटेड मोदी हाइड्रोपावरको नहर भत्किएको छ ।

Badi Parbat 1 1