१३ बैशाख २०८१, बिहीबार

प्रदेश सभा बैठक फेरी स्थगित

Province No. 2

प्रदेश सभा संसद सचिवालयले बजेट छलफलका लागि बोलाइएको प्रदेश सभा बैठक दोश्रो पटक सुचना टाँसेर स्थगित गरेको छ ।

सरकार प्रदेश सभा प्रस्तुत गरेको बजेट माथि छलफलका लागि आव्हान गरेको प्रदेश सभा बैठक दोश्रो पटक स्थगित गरिएको हो । प्रदेश सभा संसद सचिवालयले बुधबार १ बजे बस्ने बैठक प्रदेश सांसदहरुलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराएका छन् । यस अघि असार १५ गते १ बजेका लागि बोलाईएको प्रदेश सभा बैठक १ दिन अगाडी स्थगित गरेको जानकारी गराउदै २३ गते बैठकको समय निर्धारण गरिएको थियो । बुधबार १ बजे बस्ने प्रदेश सभा बैठक असार २५ गते १ बजे सम्मकालागि स्थगित भएको प्रदेश सभा संसद सचिवालयका सचिव रंजित यादवले बताए । प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गते सम्म मात्रै हुने भएकोले बुधबार बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको यादवले बताए । प्रदेश सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानि गर्न २४ गते सम्म मात्रै हुने भएकोले समय व्यस्तताका कारण संसद सचिवालयमा सुचना टाँसेर प्रदेश सभा बैठक स्थगित गरिएको उनले बताए ।

असार १ गते अर्थमन्त्री विजय यादवले प्रदेश सभामा पेश गरेको प्रदेश सरकारको बजेटमाथि छलफल सुरु हुन सकेको छैन । बजेटमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले संसदीय विकास कोषको बजेट ५ करोड माग गरेपछि सरकार अलमलमा परेको छ । विपक्षी दलका संसदहरु संग संसदीय विकास कोषको रकम बारे सरकारले छलफल गरी आन्तरिक रुपमा सहमति गरेको छ । संसदीय विकासको कोषको बजेट नबढाई स्थानिय तहमा पठाइने सशर्त अनुदान कटौती गरी प्रदेश सांसदहरु मार्फतबाट खर्च गर्ने विषयमा सरकार र विपक्षी दलका सांसदहरु बिच सहमति भएका एक प्रदेश सांसदले बताए । प्रदेश सरकारमा नेपाली काँग्रेसका तीन मन्त्री थपिएपछि मन्त्रालयगत बजेट बाँडफाँट र मन्त्रीहरु बिच मन्त्रालयको बजेटमा समेत विवाद हुदा सरकारले बजेट माथि छलफल गर्न प्रदेश सभा बैठक बोलाउन सकेको छैन । प्रदेश सभा संसद सचिवालयले बैठक बोलाएपनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद सचिवालयले प्रदेश सभा बैठक पटक पटक स्थगित गर्दै आएको छ ।