
दोस्रो सेमिफाईनलमा भोलि अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने
ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।आज बिहान भएको पहिलो सेमिफाईनलको खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।
दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।