१३ बैशाख २०८१, बिहीबार

‘आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ भन्दै फोन गरिन्’

209943771 1670882103101839 3344751865514636967 n

एघार दिनदेखि हराई रहेकी युवतीको शव भेटिएपछि हत्या भएको आंशकामा अनुसन्धानको माग गरिएको छ । राप्ती नगरपालिका–३ झुरझुरेकी २२ वर्षीया सुजिता भण्डारीकोे शव आइतवार साँझ फेला परेको थियो ।

घरबाट चार किलोमिटर पर ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा उनको शव भेटिएको स्थानीयले जनाएका छन् । मृतककी आमा अम्बिका भण्डारी छोरीको ‘अपहरण’ पछि हत्या भएको दाबी गर्नुहुन्छ । “आफू अपहरणमा परेको भन्दै फोन गरेर गुहार मागेकी छोरीलाई बचाउन सकिएन”, उहाँले दुखेसो पोख्दै भन्नुहुन्छ, “छोरीको हत्यारा पत्ता लगाएर सजाय दिलाउन आवश्यक छ ।” छोरी अपहरणका दिन आफूहरु धान रोप्न गएको र छोरीले दिउसो आफ्नी दिदीलाई फोन गरेको उहाँको भनाइ छ ।

“घरबाट हराएकी छोरीले १२ बजे दिउँसो दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ, टाउकोमा हिर्काको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन्”, सञ्चारकर्मीहरुसँग आमाले रुँदै भन्नुभयो ।

प्रत्यक्ष दर्शीहरुका अनुसार सुजिताको शव सडे गलेको अवस्थामा भेटिएको छ । परिवारले पहिचान गरेपछि मात्रै मृतकको पहिचान भएको बताइन्छ ।

सुजिता प्रकरण हत्या नै भएको भन्दै स्थानीय बासिन्दाले पनि घटनाको छानबिन र दोषी उपर कारवाहीको माग गर्दै अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गको राप्ती नगर पालिका वडा नम्वर ३ झुरझुरेमा स्थानीयको विरोधमा यातायात ठप्प भएपछि सम्झाई बुझाइ राजमार्ग खुला गर्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जानकारी दिनुभयो ।

“पोष्टमार्टमका लागि भरतपुर ल्याउन लागेको शव नै रोकेर अहिले विरोध प्रर्दशन भइरहेको छ । पहिला त राजमार्ग खोल्नुपर्यो”, उहाँले भन्नुभयो । शवको पोष्टमार्टम र घटनाका बारेमा अनुसन्धान प्रक्रियामा नै अगाडि बढ्ने पनि उहाँले जनाउनुभयो ।

कारवाहीकाे माग गर्दै सडक अवराेध

पूर्वी चितवनको राप्ती नगरपालिका ३ ब्रम्हस्थानी सामुदायिक वन क्षेत्रको धमिलीमा मृत अवस्थामा भेटिएकी सुजिता भण्डारीको हत्यारा लाई कारवाहीको माग गरेका छन् । सोमबार बिहानदेखि स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्गको झुरझुरेमा सडक अवरोध समेत गरेका छन् । अवरोध हटाउन प्रहरीले अनुरोध गरिरहेको छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा बराल समेतको उपस्थिति रहेको उक्त अवरोध कार्यक्रममा बोल्दै नगरप्रमुख बरालले अनुसन्धानमा ढिलाई नहोस भनेर प्रहरीलाई अनुरोध गर्नु भएको छ । घटनास्थलतर्फ जाँदै गर्नु भएका चितवनका प्रहरी प्रमुख ओम अधिकारीले प्रमाणको संरक्षण गरि अपराधिको खोजी गर्नु पर्ने भएकाले अवरोध नगरिदिन अनुरोध गर्नुभएको थियो । उहाँले जति सक्यो छिटो घटनास्थलको मुचुल्का तयार गर्ने र लासको पोष्ट मार्टम गर्ने काम सम्पन्न गर्नु पर्ने बताउँदै स्थानीय बासिन्दालाई सम्झाउँदै भन्नुभयो, “हाम्रो वाध्यता बुभिलिनु होला यो डेथ बडी आजै काठमाडौैं पठाउन पाए र आजै पोष्टमार्टम गर्न गर्न पाए हुन्थो भन्ने हो । न्यायको प्रोसेस भनेको घटनास्थल र पोष्ट मार्टम द¥हो प्रमाण हो ।”

असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार अपरान्न स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी हुन् । घरबाट निस्केको दिन अपरान्न दिदीलाई फोन गरेर आफु अप्ठ्ेरोमा परेको र बचाईदिनको अनुरोधसमेत गरेको पारिवारिक स्रोतको दाबी छ ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले आइतबार अपरान्न वनको एक झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गलेको अवस्थाको उक्त शव सुजिताको भएको पुष्टि भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले लास उठाएर भरतपुर तर्फ ल्याउने तयारी भइरहेको बताउनु भयो । उहाँले केही समय भित्र राजमार्ग खोल्ने तयारी भइरहेको बताउँदै आवस्यक परेको खण्डमा लास अनुसन्धानकोलागि आजै काठमाण्डौं समेत पठाउन सकिने बताउनु भयो ।