१२ बैशाख २०८१, बुधबार

सर्वोच्चको फैसला आउन्जेल हस्ताक्षर फिर्ता नलिने एमाले होइनन् : ओली

kp oli

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुद्दाको फैसला हुँदासम्म प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती नेता र कार्यकर्ता एमाले नहुने उद्घोष गरेका छन्।

शनिबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’‘त्यसले त कित्ताकाट गरिसक्यो नि’, उनले थप भने। त्यसैले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता गर्न उनले निर्देशन दिएका छन्।