१३ बैशाख २०८१, बिहीबार

एमालेको विधान महाधिवेशन साउन २५ मा गर्न प्रस्ताव

Uml New office 1024x538 1

नेकपा एमालेले निर्वाचनको अवस्था हेरेर वैशाख मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

एमालेले प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर सार्ने भएको हो । महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदनमा असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पनि असारभित्रै पूर्णता दिने प्रस्ताव गरेका हुन् ।

केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको छ । बैठकमा भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्न प्रस्ताव पेश गरिएको छ ।

साउन २५ देखि २७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीका लागि मुख्य नेतालाई जिम्मेवारी तोकिएको छ । बैठकले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको र अधिवेशन तथा निर्वाचनमध्ये निर्वाचनलाई महत्व दिने निर्णय भएको बस्नेतले जानकारी दिए ।