८ बैशाख २०८१, शनिबार

विवाह बन्धनमा बाँधिए सुपुष्पा र रौनक

supuspa and raunak

अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रवार दुवै जना विवाह बन्धनमा बाँधिएका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको देखिन्थ्यो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए ।

गत वैशाख १५ गते सुपुष्पा र रौनकले इन्गेजमेन्ट गरेका थिए । उनीहरु एक वर्षदेखि प्रेम सम्बन्ध रहदै आएका थिए । रौनक विक्रम नेपाली फिल्मका निर्माता रहेका छन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्ममा लगानी गरेका छन् ।

फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा सुपुष्पाले डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘छ माया छपक्कै’ मा अभियन गरेकी छन् । उनको फिल्म ‘चपली हाइट ३’ को प्रदर्शनको तयारीमा रहेको छ । गत वर्ष नै प्रदर्शनमा आउने भनिएको यस फिल्म कोरोनाका कारण रोकिएको छ । दुवैलाई विवाह वैवाहिक जिवनको शुभकामना ।