१६ चैत्र २०८०, शुक्रबार

माधवले ओलीलाई भने, ‘तपाईँको फोन उठाउन मन थिएन साथीहरूको दबाबमा मात्र उठाएका हुँ’

kp oli madhav nepal
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रिय कमिटी बैठकमा बिहीबार वरिष्ठ नेता माधव नेपालसँग भएको टेलिफोन कुराकानीबारे जानकारी गराउनुभएको छ ।

एक केन्द्रिय सदस्यले प्रधानमन्त्री ओलीले नेपालसँग भएको टेलिफोन कुराकानीका बारेमा बैठकमा जानकारी गराउँदै यसो भन्नुभयो,‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवजीलाई फोन गरे । २०–२५ मिनेट जति कुरा गरे । भेटौँ भन्दा माधवले मान्नुभएन । मलाई तपाईँको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ ।’