६ बैशाख २०८१, बिहीबार

पार्टीको एकता सुदृढ गर्न पुनः आह्वान, महाधिवेशन अगाडि सर्न सक्ने

60dee33902c21 umal cc meeting

नेकपा एमालेको शुक्रबार बिहान बसेको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले नेकपा एमाले लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा एक महत्वपूर्ण शक्ति रहेको निश्कर्ष निकाल्दै पार्टी एकता सुदृढीकरणका लागि सबै नेता, कार्यकर्तामा पुनः आह्वान गर्ने निर्णय गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । बैठकमा पार्टीभित्रको गतिविधिले विपक्षीहरुमा पनि उत्साह रहेको औल्याउदै सबै नेता, कार्यकर्ता र जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकतालाई थप सुदृढ गर्ने निर्णय गरेको उहाँले बताउनुभएको हो ।

यसैगरी, एमाले नेता माधवकुमार नेपाल पक्षले आफ्नै पार्टीको सरकारलाई हटाउने र विपक्षी दलहरुसँग गठबन्धन गर्नु जनताको चाहना, लोकतन्त्रको प्रणाली र पार्टीको प्रणाली केहीसँग मेल नखाने निश्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल पक्षका सांसदहरुले दिएको समर्थनको हस्ताक्षर फिर्ता गर्न र पार्टी एकतालाई योगदान गर्न आव्हान गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम पनि उपस्थिति हुनुहुन्थ्यो, उपाध्यक्ष गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई पार्टी एकता लागि थप पहल गर्न सुझाव दिएको र अध्यक्ष ओलीले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको उहाँले जानकारी दिनुभयो ।

एमाले बैठकमा कोभिड–१९ महामारीका कारण देशभरका सर्वसाधारणमा हुन गएको क्षतिबारे पनि गम्भिर ध्यानाकर्षण गराइएको छ । कोभिड–१९ महामारीबाट संक्रमणबाट सबै नागरिकलाई बचाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले अविलम्व खोप उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभएको छ । यस्तै मनसुन सुरु भएदेखि नै बाढी, पहिरोका पीडित एवम् विस्थापित परिवारलाई व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकपछि पार्टीको निर्णयहरुबारे जानकारी दिने क्रममा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आगामी वैशाख अगावै दशौं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको र महाधिवेशन केही समय अगाडि सार्न सक्नुपर्ने सम्भावना रहने संकेत पनि गुर्नभएको छ ।