७ बैशाख २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोले अलपत्र दुलाहाहरु…

Dulaha4

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज (शुक्रबार) विहानैदेखि अवरुद्ध छ । चार किलो, पाँच किला, जलबिरेलगायतका स्थानमा लगातार पहिरो खसेपछि विहान ५ बजेदेखि बाटो अवरुद्ध छ ।

जसका कारण सडकमा सयौं सवारी साधन रोकिएर अलपत्र परेका छन् । अलपत्र पर्नेमा जन्ती हिडेका दुलाहाहरु समेत परेका छन् । पहिरोकै कारण एकै ठाउँमा ६ जना दुलाहाहरुको जमघट भएको छ । विभिन्न ठाउँमा जन्त हिडेका दुलाहाहरु बाटोमै अलपत्र परेका हुन् । आज बाटो खुल्ने छाँटकाट नदेखिएपछि ६ जना दुलाहाहरुले सडकमै सामूहिक फोटो खिचाएका छन् ।

अहिले यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । पहिरोको कारण अवरुद्ध सडक आज नखुल्ने चितवन प्रहरीले जनाएको छ ।