११ बैशाख २०८१, मंगलवार

जोनसन एण्ड जोनसनको खोप कोरोनाको डेल्टा स्वरुप सामना गर्न सक्षम

dreamstime xxl 214178973 scaled 1

अमेरिकी औषधी निमार्ता कम्पनी जोनसन एण्ड जोनसनले बिकास गरेको कोभिड १९ बिरुद्धको खोपको एक मात्रै डोज कोभिडको डेल्टा स्वरुपको सामना गर्न सक्षम भएको दाबी गरिएको छ ।

उक्त कम्पनीले विश्वभरि तीब्र वेगमा फैलिएको कोरोनाको डेल्टा स्वरुप बिरुद्ध समेत जोनसन एण्ड जोनसनको एक डोज खोप प्रभाबकारी देखिएको जनाएको छ ।

समाचार संस्था एएनआईका अनुसार कम्पनीले जोनसन एण्ड जोनसनको खोपले कम्तिमा आठ महिनासम्म शरीरमा प्रतिरोधी क्षमता सक्रिय राख्ने जनाएको छ । छोटो संख्यामा स्वयंसेवीलाई राखेर गरिएको अध्ययनमा खोप लगाएका ब्यक्तिमा बिटा स्वरुपको अपेक्षा डेल्टामा प्रभाबकारी देखिएको छ ।

यसअघि जोनसन एण्ड जोनसनको खोपको प्रभाबकारिता सम्बन्धमा बुझाइएको प्रतिवेदनमा कोरोना बिरुद्ध ८५ प्रतिशतसम्म प्रभाबकारी पाइएको दाबी गरिएको थियो । खोपको प्रभाबकारिताको अध्ययन ब्राजिल र अफ्रिकी महादेशमा समेत गरिएको छ । सबैतिर उत्तिकै काम गरेको अध्ययनमा उल्लेख गरिएको छ ।