१४ बैशाख २०८१, शुक्रबार

खनाल –नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

madhav kumar nepal and jhala nath khanal
फाइल फोटो

नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । बिहीबार सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो ।

एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी आज (शुक्रबार) का लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।