२४ बैशाख २०८१, सोमबार

ओली पुरानै कमिटीमा फर्कन तयार भएपछि एमालेको नेपाल समूह आन्तरिक छलफलमा

kp oli madhav nepal

एमाले अध्यक्ष केपी शर्मा ओली पुरानै कमिटीमा फर्कन तयार भएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुट्दै छ ।

भोलिका लागि बोलाइएको पुरानै केन्द्रीय कमिटी बैठकमा सहभागि हुने वा नहुने भन्ने निर्णयका लागि आज नेपाल समूह आन्तरिक छलफलमा बस्दैछ । बिहान ११ बजेपछि स्थायी कमिटी सदस्यहरुको छलफल हुन लागेको हो ।

यस्तै केन्द्रीय सदस्यहरुसँग पनि छलफलको तयारी गरिएको छ । नेपाल समूहले २०७५ जेठ २ कै कमिटीको बैठक बोलाउनुपर्ने बताएको छ । तर अध्यक्ष ओलीले २०७५ जेठ तीन पूर्वको कमिटी बैठक बोलाउनुभएको छ ।

यस्तै हिजो बसेको दशौं महाधिवेशन आइोजक कमिटीको अन्तिम बैठकले स्थायी कमिटीमा पूर्व माओवादी समूहका चारसहित आठ जनालाई मनोनित गरेको थियो । जसमा नेपाल समूहका पनि दुई जना समेटिएका छन् ।

नेपाल समूहले यो निर्णयमा पनि असन्तुष्टि जनाएको छ । आज बस्ने नेपाल समूहको बैठकले अब एकता प्रक्रियामा सहभागी हुने वा नहुने तय गर्ने छ ।