१७ असार २०८२, मंगलवार

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

bhakti thapa

सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जनाकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले लखोपको क्लिनिकल ट्रायलसम्बन्धी प्रक्रिया स्वीकृत गर्नुका साथै सुर्खेत जिल्ला सिङ्गात गाउँपालिकाको केन्द्र वडा नम्बर ५ वाट सोही गाउँपालिकाको वडा नम्बर २ पुङ खेतमा कायम गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता नेम्बाङ्गले जनाकारी दिनुभयो ।

    सम्बन्धित समाचार...