६ बैशाख २०८१, बिहीबार

अन्तरजातीय विवाह गर्ने जोडी नगदसहित सम्मानित

sammanit chautara 1024x625 1

अन्तरजातीय विवाह गर्ने जोडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाले नगदसहित सम्मान गरेको छ। अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगरपालिकाले सम्मान गरेको हो।

चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग र नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा दलित, गैह्र दलित तथा दलित सहिद परिवारलाई ५र५ हजार नगदसहित सम्मान गरेको हो।

नगर प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जानुका पराजुलीको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २ नवजोडी र ३ दलित सहिद परिवारलाई नगरप्रमुख तामाङले सम्मान गर्नुभयो।

चौतारा साँगाचोकगढी नगरपालिका छुवाछुतमुक्त नगर यसअघि नै घोषणा भइसकेको छ।