१९ बैशाख २०८१, बुधबार

हजारौ मुल्य बरावरको अवैध भन्सार चोरी निकासीका सामान पक्राउ

20210405 210432 750x375 1

धनुषा प्रहरीले चोरी निकासी गरि नेपालबाट भारत लग्दै गरेको हजारौ मुल्य बराबरको सुपारी र मरिच बरामद गरेको छ ।

बुधवार विदेह नगरपालिका १ ढालाचौक स्थित नजिकैको खेतको आलीको बाटो हुदै सुपारी र मरिच भारत लग्दै गरेको अवस्थामा धनुषा प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी दुहवीको कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्ना साथ अन्दाजी ६५ हजार वरावरको १ सय किलो सुपारी र २५ किलो मरिच फालेर मानीसहरु भागेको प्रहरीले जनाएको छ । पक्राउ परेको समानलाई जनकपुधाम भन्सार कार्यालयमा वुझाइएको प्रहरीले जनाएको छ ।