१९ बैशाख २०८१, बुधबार

भोलिदेखि भारी वर्षाको सम्भावना भन्दै सचेत रहन तनहुँ प्रशासनको आग्रह

unnamed 3
सांकेतिक तस्विर

भोलिदेखि तीनदिनसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन तनहुँकाे स्थानीय प्रशासनले सर्वसाधरणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुुसार भाेलिदेखि तनहुँमा भारी वर्षा हनु सक्ने सम्भावना रहेकाे कारण त्यसले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै प्रशासनले सचेत रहन आग्रह गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमूख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सेती, मादी, मस्र्यादी, त्रिशुली, काली गण्डकी लगायतका नदी र खोला छेउछाउमा नजान सर्वसाधरणलाई आग्रह गरिएको छ ।

त्यसैगरी कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन संचालन केन्द्रको फोन नं ०६६५६११६१ प्रमूख जिल्ला अधिकारीको फोन नं ९८५६०६७७७७, सहायक प्रमूख जिल्ला अधिकारीको फोन नं ९८५६००११११ र प्रहरी उपरिक्षकको फोन नं ९८५६०६५५५५ मा सम्पर्क गरी जानकारी गराउन सकिने जनाइएको छ ।