१४ बैशाख २०८१, शुक्रबार

दुई दिनसम्म मनसुन कमजाेर, बुधबारदेखि तीन दिनसम्म ठूलाे वर्षा हुनसक्ने

WEATHER rain

एक सातादेखि लगातार परेको पानी सोमबार विहानदेखि रोकिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली निष्कृय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुने जानकारी दिनुभयो ।

बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सकृय भएर पश्चिमतर्फ बहने भएकाले बुधबार, बिहीबार र शुक्रबार ठूलो वर्षा हुने उहाँले बताउनुभयो । तीन दिन भारी वर्षा हुने भएकाले नदीहरुमा पानीको बहाव बढ्ने भएकाले जोखिम हुनसक्ने जनाइएको छ । मनसुनी प्रणाली भित्रिएसँगै यस वर्ष भारी वर्षा हुदाँ बाढी, पहिरो र डुबानले ठूलो क्षति पुर्याएको छ ।

जल तथा मौसम विज्ञान विभागकाे तथ्याङकमा मुख्य २० वटा मौसम स्टेशनबाट गरिएको मापनमा हाल ५१४ मिलिमिटर अर्थात ३६.७ प्रतिशत वर्षा भइसकेको छ । नेपालमा मनसुन अवधिभर (जेठ–१७ देखि असोज १५ गतेसम्म) एक हजार ४०२ मिलिमिटर औसत वर्षा हुने गर्छ । गत वर्ष जेठ ३० गते मनसुन भित्रिएर असोज ३० गते बहिरिएको थियो । यस वर्ष भने दुई दिन अगावै जेठ २८ गते मनसुन भित्रिएको थियो ।