८ बैशाख २०८१, शनिबार

कांग्रेस उपसभापति निधी, महामन्त्री कोइराला र सिंहबीच भेटवार्ता

1624264721.Nidhi singh koirala

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । पार्टीका पूर्वमहामन्त्री सिंह निवास चाक्सीबारी ठमेलमा आज भएको भेटमा पार्टीको आगामी १४औँ महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल भएको महामन्त्री डा कोइरालाका स्वकीय सचिव भरत तिवारीले राससलाई जानकारी दिनुभयो ।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयसमेतमा नेताहरुबीच छलफल भएको थियो । सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफू एकपटक फेरि सभापति लड्ने आकांक्षा राख्दै आफूनिकट पार्टीका केन्द्रीय सदस्यसँग भेटेसँगै उपसभापति निधी, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पनि भेटघाट बाक्लिएको हो । यसअघि आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाबीच मण्डिखाटारमा भेटवार्ता भएको थियो ।