६ कार्तिक २०७८, शनिबार

एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो

Mbappe France miss 1024x545 1

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्‍यो ।

France Mbappe 1024x576 1

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे ।

स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास, एडमिर मेहमेदी पेनाल्टीमा गोल गरे ।

यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरे । फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरे ।