६ बैशाख २०८१, बिहीबार

सर्वोच्च अदालतले न्यायसंगत फैसला गर्ने विश्वास गरौं : सभापति देउवा

deuwa deu

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका विरुद्धमा सर्वोचच अदालतमा सुनुवाई जारी रहेको अवस्थामा सर्वोच्चले संविधानको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसलगायत पाँच विपक्षी गठबन्धनले सोमबार नागरिक समाजका अगुवाहरुसँग वर्तमान राजनीतिक तथा समसामयिक विषयमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा नागरिक अगुवाहरुले उठाएका प्रश्नको उत्तर दिँदै देउवाले साे कुरा बताउनुभएको हो ।

राष्ट्रपति स्वयंले प्रतिनिधिसभा विघटन गरेर वैकल्पिक सरकार गठनका लागि आव्हान गरेपछि पनि सरकार गठनका लागि लगिएको प्रस्ताव बदर गर्नु संविधान विपरीत रहेको देउवाले बताउनुभयो । उहाँले संविधानको धारा ७६ को ५ बमोजिम कुनै पनि प्रतिनिधिसभा सांसदका सदस्यले बहुमतको आधार प्रस्तुत गर्न सकेको अवस्थामा राष्ट्रपतिले सरकार नियुक्त गर्न सक्ने भन्ने वाक्यांश अनुरुप आफूहरुले सरकार गठनको दाबी गरेको पुनः दोहो¥याउनुभएको हो । स्वतन्त्र न्यायपालिकाले न्यायसंगत फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेर वैकल्पिक सरकार गठन भयो भने विपक्षी गठबन्धनको पहिलो मन्त्रिपरिषद्को बैठकले नै कोभिड–१९ महामारीविरुद्धको कदम अगाडि बढाउने पनि उहाँले दाबी गर्नुभएको छ ।

विपक्षी गठबन्धनले नयाँ बानेश्वरस्थित संसद हलमा नागरिक समाजका अगुवाहरुसँग आज दिउँसो छलफल गरेको थियो । छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द् यादव पक्ष र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।