
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले अवैध रूपमा राजस्व छली रक्सौलबाट वीरगंजतर्फ ल्याउँदै गरेको अवस्थामा १७ लाख मूल्यभन्दा बढीको ७८ पिस डेल कम्प्युटरको सिपियुसहित अन्य इलेकट्रोनिक सामान बरामद गरेको छ ।
गए राति वीरगञ्ज महानगरपालिका वडा नं।१६ नगवा स्थित सडक खण्डबाट ५/७ जना अज्ञात व्यक्तिहरूले रक्सौलबाट भन्सार छली ल्याइरहेको अवस्थामा कम्प्युटरको सिपियुसहित अन्य पार्टस तथा इलेक्ट्रिक सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
प्रहरीको गस्ती टोलीलाई देख्नासाथ तस्करहरू सामान छाडेर फरार भएको र बेवारिसे अवस्थामा बरामद गरिएको कम्प्युटर पार्टस थप कारबाहीका लागि वीरगंज भन्सारमा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो ।