१४ बैशाख २०८१, शुक्रबार

एक हजार ५०९ संक्रमित, तीनहजार ८५३ संक्रमण मुक्त, ४२ जनाकाे मृत्यु

corona

पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, चारहजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार ८५३ रहेको छ । नेपालमा हालसम्म छ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस संक्रमण भएका छन् । पाँच लाख ८८ हजार १८७ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा अहिले ३७ हजार ९५० जना सक्रिय संक्रमण रहेका छन् । अहिले देशभर ३५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, पछिल्लाे २४ घण्टामा ४२ जना विरामीकाे मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार ५१ जनाको मृत्यु भएको छ ।