८ बैशाख २०८१, शनिबार

प्रचण्डलाई छेपारोको संज्ञा दिँदै ओलीले भने– रंग फेर्नु नौलो होइन

kp oli 1

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिएका छन् ।

मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई छेपारोको संज्ञा दिएका हुन् ।

प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त !’ छेपारोले झैं रंग फेर्नु प्रचण्डका लागि नौलो नभएको ओलीले बताए ।

‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ,’ उनले अघि भने, ‘यो कुन ठूलो कुरा हो र प्रचण्डका लागि ।’

उनले भने, ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।