१३ बैशाख २०८१, बिहीबार

आफैले चलाएका टिपरले चालक किचिए

truck 745x375 1

धनुषाको सबैलामा आफैले चलाएको टिपरले किचिएर चालकको मृत्यु भएकोछ ।

टिपर चालक उदयपुरको कटारी नगरपालिका वडा नं. २ बस्ने रत्नबहादुर तामाङका छोरा २८ वर्षीय विष्णु भनिने बुद्ध लामाको शव चक्काले किचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धनुषाको सबैला नगरपालिका १० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतकको टाउको टिपरको चक्का र बालुवाले छोपिएको थियो । मृतकको पहिचान नभएको र घटना अनुसन्धनकै क्रममा रहेकाले अहिले केहि पनि भन्न नसकिने प्रहरीले बताए । प्रहरीका अनुसार घटना शनिबार साँझको छ । यता मृतक परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ । टिपर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या नै भएको मृतकका दाई हरि लामाले बताए । ‘घटनामा टिपर ब्याक गरी किचेर हत्या गरेको जस्तो देखिन्छ ।