७ बैशाख २०८१, शुक्रबार

२ लाख ३२ हजार नगदसहित १३ जुवाडे पक्राउ

juwade

चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट १३ जना जुवाडे पक्राउ परेका छन । शनिवार राती २२:१० बजे क्षेत्रपुर स्थित सुगम पियाको घरमा नगद पैसाको हारजित हुनेगरी जुवा (तास) खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २ बस्ने घरधनी सुगम पिया, सोही ठाँउका राजेन्द्र कसाई, भरतपुर ११ का पदम तामाङ, भरतपुर २ का रोशन खड्का, विजय गुरुङ, सुर्य बोहोरा, मनिज कुमार, बद्री बोहोरा, भरतपुर ७ का राम बहादुर मगर, भरतपुर ११ का रमेश प्रजापती, भरतपुर ३ का विनोद खड्की, भरतपुर १२ का आशिष गुरुङ र गैडाकोट नवलपुरका नवराज क्षेत्री रहेका छन ।

उनिहरुको साथबाट प्रहरीले २ लाख ३२ हजार ६८० रुपैंया र १ बुक तास बरामद गरेको छ । उनिहरुलाई गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनिहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।