१५ चैत्र २०८०, बिहीबार

सरोजको राजेश र करिश्मालाई प्रश्न : ‘फुर्सद हुँदा पनि बोलचाल हुँदैन किन ?’

202963833 4189837071054817 3435715411505062887 n 1 e4e0yRVgJZ

फिल्म क्षेत्रमा एक समय हिट भएका कलाकार हुन् राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । उनीहरुले कयौं फिल्ममासँगै काम गरेका छन् भने उनीहरुको व्यक्तिगत सम्बन्ध पनि राम्रो थियो । राजेश,करिश्मा र सरोज काममा जति व्यस्त भएपनि फुर्सद मिलाएर भेट्ने, गफ गर्नुका साथै फिल्मका बारेमा कुराहरु गर्दथे ।

तर, अहिले निकै फुर्सदमा भएका यि कलाकार एकै ठाउँमा नभेटेको वर्षौ भइसकेको छ । अभिनेता सरोज खनालले एक तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै ति पुराना दिनहरु सम्झिएका छन् । उनले तीनजनौ तस्विर सेयर गर्दै क्याप्सनमा लेखेका छन् ।

उनले लेखेका छन्,‘कुनै बेला हामी तीन महानायक राजेश हमालजी, महानायिका करिश्मा मानन्धरजी र म चलचित्रको छायाँंकनमा व्यस्तताको बावजुद बेलाबखत समय निकालेर भेटघाट गथ्र्याैं, भलाकुसारी गथ्र्यौं । तर आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जाओस् बोलचालसम्म हुँदैन ।’
उनले सामाजिक संजालमा लेखेको लाइक कमेन्ट मै सिमित भएको कुरा उल्लेख गरेका छन् । उनले थप लेखेका छन्,‘अरु जस्तै फेसबुकमा शेयर गरेको तस्बिर लाइक कमेन्टमै सिमित छौ हामी पनि । यस्तो किन हुन्छ ?’

अभिनेता सरोजको प्रश्नमा सहमती जनाउँदै अभिनेत्री करिश्माले ‘सही कुरा’ भन्दै कमेन्ट गरेकी छन् । उनले पनि निकै समय भेट नभएको तर्क गरेकी छन् । यस विषयमा अभिनेता राजेश हमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । सरोजको उक्त पोष्टमा धेरैले सकरात्मक पोष्टका रुपमा लिएका छन् ।