४ बैशाख २०८१, मंगलवार

कार्कीलाई राजदूतमा सिफारिस गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले पूर्व मन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश द्वय सपना मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज कार्कीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्को कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

गत वैशाख २५ गतेको बैठकको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो । सो निर्णयविरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले रिट निवेदन दायर गर्नुभएको थियो ।

रासस