१६ चैत्र २०८०, शुक्रबार

संसद विघटनसम्बन्धी रिटमा निवेदक पक्षको बहस सकियो, भोलिबाट विपक्षीको बहस हुने

court2021 06 09 12 56 10

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ ।

असार ९ गतेदेखि सुरु भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको हो । निवेदकका तर्फबाट चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको हो । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।

भोलि सोमबारबाट प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।