१६ चैत्र २०८०, शुक्रबार

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

arest

सुनसरी, बर्जु गाउँपालिका-१ गेलाबारीमा ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ चिमडी बस्ने ३४ वर्षीय युबराज चौधरी, ३३ वर्षीय सनि चौधरी र १९ वर्षीय मुन्ना भन्ने सनि चौधरी रहेका छन् । उक्त स्थानमा केही मानिसहरू मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राबे शुक्रबारेबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले अपशब्द प्रयोग गरी प्रहरी टोलीमाथि हातपात समेत गरेपछि को.४ प ५१२५ र को.१८ प ३९ ६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।